हाइलाइट

विन्धवासिनी साकोसको कारोबार साढे ४ अर्व 

विन्धवासिनी साकोसको कारोबार साढे ४ अर्व  :: Sahakari Akhabar

काभ्रे । काभ्रे जिल्लामा मुख्य कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको चालु आर्थिक वर्ष २०७९।०८० को पुस मसान्तसम्म कारोबार करिव साढे ४ अर्व रुपैयाँ पुगेको छ । अर्धवार्षिक समिक्षा एवं रणनीतिक कार्यशाला गोष्ठीमा समष्टिगत कार्य प्रगतिको जानकारी दिदै प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले २०७९ पुस मसान्तसम्ममा शेयर सदस्य ४७ हजार ८९९, शैक्षिक बाल बचत कर्ता ९ हजार ४१६ गरी कुल ५७ हजार ३१५ जना पुगेको जानकारी दिए । यस्तै संस्थाको कुल सम्पत्ति ४ अर्व ४१ करोड ६६ लाख पु¥याउन सफल भएको बताए ।

संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व एवं संस्थाका निर्वतमान अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा अर्धवार्षिक लक्ष्य प्राप्तीमा देखिएका चुनौतीको छलफल र लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीति तथा कार्ययोजनाका बारे छलफल भएको थियो । कार्यक्रममा विभागीय व्यवस्थापकहरुले विभागीय रणनीति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगति लगायत चालू अर्धवार्षिक अवधिमा लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीतिका बारेमा स्पष्ट पारेका थिए । 

संस्थाको नवनिर्मित भवन बनेपामा सम्पन्न कार्यक्रममा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । हाल संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, काठमाडौ जिल्ला र भक्तपुरको सूर्यविनायक नगरपालिका रहेको छ । 
 



Leave a comment