काठमाडौं । काभ्रेमा सहकारी संघ÷संस्थाहरुका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको एकदिन गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लवकाभ्रेको व्यवस्थापनमा माघ २८ गते गोष्ठी गर्न लागिएको संघका अध्यक्ष दिलीप शर्माले जानकारी दिए ।
गोष्ठीमा सहकारी संघ / संस्थाहरुमा वर्तमान परिस्थितिमा देखिएका तरलता व्यवस्थापन, ऋण असुलीलगायतका समस्याहरुमा छलफल गरी समस्या समाधानको उपाय पहिल्याउने तथा सहकारीको छवीलाई बढाउने लक्ष्य रािखएको छ । कार्यक्रम सहकारी संघ संस्थालाई दिगो रुपमा विकास गर्नका लागिकोसेढुंगा सावित हुने अध्यक्ष शर्माले दावी गरे।
Leave a comment