गैडाकोट। जिल्ला सहकारी संघ नवलपुर (पूर्वी नवलपरासी) को ४० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा कावासोती नगरपालिकाका नगरप्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख भुसालले जिल्ला सहकारी संघ सबै खाले सहकारीको गुनासो सुन्ने र समाधानको लागि सहजीकरण गर्ने छाता संघ हुनुपर्ने बताए ।
साधारण सभामा सचिवको प्रतिवेदन सह सचिव देवकी भण्डारी तथा खीना भुसालले कोषाध्यक्षको प्रतिवेदन र छविलाल अर्यालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाको अवसरमा संघका कार्यालय सहायक कल्पना सिग्देललाई सम्मान गरिएको थियो ।
नयाँ संचालक समिति चयन
जिल्ला सहकारी संघ नवलपुरमा नयाँ संचभालक समिति चयन भएको छ । संघको शनिबार सम्पन्न ४०औं वार्षिक साधारण सभाले तिलकप्रसाद पराजुली नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।त्यसैगरी समितिको उपाध्यक्षमा इन्द्रराज ज्योती पौडेल, महिला उपाध्यक्षमा खिनाकुमारी न्यौपाने भुषाल, सचिवमा श्याम सुन्दर लामिछाने, कोषाध्यक्षमा टिकाराम कंडेल तथा सह सचिवमा बिन्दु अधिकारी केसी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा देवकी कुमारी भण्डारी, रामप्रसाद काफ्ले, ऋषिराम पौडेल, बाबुराम खनाल, हरिप्रसाद ढुङ्गाना, मनहरि शर्मा पौडेल, देविसरा पुलामी, धनमाया लामा, रत्नमाया विश्वकर्मा चयन भएका छन् । सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा छविलाल अर्याल तथा सदस्यमा कुमारी रेखा पौडेल र कृष्णराज सिग्देल निर्वाचित भएका छन् ।
Leave a comment