रुपन्देही । जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं चुनावी साधारणसभा सम्पन्न भएको छ । माघ ५ गते सम्पन्न सभाले भिम तुलाचनको अध्यक्षतामा सर्वसम्मत संचालक समिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा डोलप्रसाद अर्याल, महिला उपाध्यक्षमा टीका न्यौपाने, महासचिवमा दामोदर पंगेनी, सचिवमा बेलप्रसाद शर्मा तथा कोषाध्यक्षमा शुवकान्त न्यौपाने चयन भएका छन् ।
त्यसैगरी संचालक समितिको सदस्यमा गंगालाल सापकोटा, प्रमोद खनाल, देवानन्द पाण्डे, महेन्द्रप्रसाद भुषाल, मोतिलाल ढकाल, नमकला वेल्वासे, हुमाकान्ति भुर्तेल, मिनाकुमारी कार्की र सेशम सिं ठकुरी चयन भएका छन् । लेखा समिति संयोजकमा जगन्नाथ गौतम र सदस्यहरुमा सीता न्यौपाने र लोकहरी पाण्डे चयन भएका हुन् ।
Leave a comment