काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघले साधारणसभाको अघिल्लो दिन संचालक समितिको निर्वाचन कार्यक्रम सारेपछि सहकारीमा राजनीति हावी भएको भन्दै आलोचना भइरहेको छ ।
अध्यक्ष दिपक पनेरु र उपाध्यक्ष नवराज अर्यालले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गरेपनि अन्तिम समयमा आएर निर्वाचन कार्यक्रम सारिएको थियो । आफुले हार्ने स्थिती भएपछि अध्यक्ष पनेरुले निर्वाचनको मिति नै सारेको चर्चा चलिरहेका बेला उनले भने सबैको सहमतिमा निर्णय गरिएको दावी गरे । सहकारी अखबारसँगको अन्तवार्ताका क्रममा उनले अहिले कठिन अवस्था रहेको र त्यसका लागि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने सबैले महशुस गरेकाले सहमतिका लागि पहल भइरहेको बताए ।
अप्ठेरो परिस्थिती सामाना गर्न अध्यक्षले पुन एक पटक नेतृत्व गर्नुपर्छ भन्ने साथीहरुको सुझाव अनुसार नै आफु अघि सरेको उनले दावी गरे । प्रस्तुत छ उनीसँग सहकारी अखबारले गरेको भिडियो अन्तरवार्ता ः–
Leave a comment