आश्रय बहुउद्देश्यीय सहकारीको १४ औं बार्षिकसाधारण सभा सम्पन्न

आश्रय बहुउद्देश्यीय सहकारीको १४ औं बार्षिकसाधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । ताहाचलमा रहेको आश्रय बहुउद्देश्यीय सहकारीको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ३० गते शनिबार का दिन काष्ठमण्डप भेन्यूमा सम्पन्न सभामा संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्व तथा बागमति प्रदेश ८ क का सभासद् शैलैन्द्रमान बज्राचार्यको प्रमुख आतित्थ्यता रहेको थियो ।

सभामा संस्थाका अध्यक्ष मानन्धरले संस्था २०६५ असोज १० मा वचत तथा ऋण सहकारीका रुपमा दर्ता भई २५ जना सदस्यहरुबाट शुभारम्भ भएको जानकारी दिए । संस्था २०७२ असोज २७ मा बहुउद्देश्यीय सहकारीमा रुपान्तर भई २०७९ आषाढ मसान्त सम्म आईपुग्दा सदस्य ७८२, शेयर पूँजी २ करोड ९९ लाख ४ हजार १ सय रुपैयाँ पुगेको जनाए । त्यसैगरी संस्थाले वचत तथा निक्षेप २० करोड ७२ लाख ४३ हजार ७३६ रुपैयाँ तथा कर्जा लगानी १६ करोड ७२ लाख ४१ हजार ८७० रुपैयाँ  पुगेको जानकारी गराए ।

उनले संस्थाले विषम आर्थिक परिस्थितिको सामना गर्दै अत्यन्त संयमित भई व्यवसाय सञ्चालन गर्नुका वावजुद केही वित्तीय सूचकाङ्कहरूमा सन्तोषजनक उपलव्धि हासिल गर्न सकेन साथै सदस्य ऋणीहरुको व्यवसाय, परियोजनामा असर परेका कारण केही कर्जा पूर्नतालिकीकरण तथा पूर्नसंरचना गर्नुका साथै केही कर्जामा ब्याज तथा हर्जानामा सहुलियत प्रदान गरिएको बताए।

सदस्यहरुको बचतमा दिने व्याज दर र ऋणमा लिने व्याज दर विचको फरक कम हुँदै जाँदा संस्थाको व्यवसाय दिगो बनाईराख्न थप पूँजी तथा जगेडा कोषको आवश्यकता महशुस भएको उनले बताए । संस्थाका लेखा सुपरिबेक्षण समितीका संयोजक बिमल श्रेष्ठले आ।व। २०७९ / ०८० मा आगामी बर्षमा संस्थालाई नाफामा लैजानको लागि भाखा नाघेको कर्जा असुलीमा अत्यधिक मात्रामा जोड दिई कार्यक्रम संचालन गर्न सुझाव दिए ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष रमेश ध्वज बस्नेतले संस्थाको अर्थिक वर्ष ०७८ / ०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका प्रवन्ध निर्देशक राजेन्द्रकृष्ण श्रेष्ठले संस्थाको संचालक समितिका आगामी वर्ष ०७८ / ०७९ को निती तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

यस बर्ष पनि देखा परेको आर्थिक मन्दी तथा तरलताको कमिको प्रभावले गर्दा संस्थाले राखिएका कार्यक्रमहरु र लक्ष्यहरु पुरा गर्न साह्रै कठिन भएको उनले बताए । संस्थाबाट आ।ब। २०७९ / ८० मा सञ्चालक, कर्मचारीहरुको क्षमता अभिबृद्धि कार्यक्रमसञ्चालन गरिने बताए  ।

त्यसैगरी अन्य संघ संस्थाले आयोजना गरेका तालिमहरुमा संस्थाका सञ्चालक समिति, लेखा समिति उप समितिहरु तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि लागि तालिमहरु तथा कार्यक्रमहरुमा सहभागीता गराउने बताए । सभामा प्रमुख अतिथि बज्राचार्यलालाई सम्मान गरिएको थियो । ४५० जना सदस्यहरूको उपस्थितिमा सपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष बिश्व कल्याण बड्गामीले  धन्यबाद ज्ञापन गरेका थिए ।



Leave a comment