काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा केन्द्रीय उपभोक्ता संघका अध्यक्ष टेकप्रसाद चौलागाई, सहकारी विभागका उप रजिष्ट्रार टोलराज उपाध्याय तथा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघका सचिव प्रेमभक्त महर्जनलाई बागमती प्रदेश सभा सदस्यमा र संघका सञ्चालक मञ्जली शाक्य बज्राचार्यलाई ललितपुर महानगरपालिकाको उप मेयर पदमा निर्वाचित हुनु भएकोमा बधाई सहित सम्मान पत्र वितरण गरिएको थियो ।
संघमा ५१ संस्था आवद्ध रहेका छन् ।
सभामा ३०वटा सदस्य संघ संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो । संघका महासचिव देवराज पराजुलीले सञ्चाल गरेको कार्यक्रममा सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको आव २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन र आव२०७९र८० को प्रस्तावित कार्यक्रम तथा बजेट तथा लेखा सुपरीवेक्षण समितिको आव २०७८र७९ को प्रतिवेदन पारित गरेको थियो ।
Leave a comment