इफिसेन्ट सहकारीमा युवराज दाहालको अध्यक्षतामा नयाँ समिति

इफिसेन्ट सहकारीमा युवराज दाहालको अध्यक्षतामा नयाँ समिति :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा रहेको इफिसेन्ट बचत तथा ऋण सहकारी संस्थामा युवराज दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । शुक्रबार सम्पन्न संस्थाको तेह्रौं बार्षिक साधारण सभाले उपाध्यक्षमा रत्नबहादुर गौतम, सचिवमा सन्तोष लुइटेल र कोषाध्यक्षमा बसन्तकुमार देवकोटा चयन गरेको छ ।

त्यसैगरी संचालक सदस्यमा चेबहादुर देउवा,प्रभात वानिया र प्रविनपौडेललाई चयन गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा उमेश अधिकारी तथा सदस्यहरुमा फडिन्द्रप्रसाद दाहाल र बालकृष्ण न्यौपानेलाई चयन गरेको हो ।

संस्थाका सल्लाहकार संयोजकमा दमन शाक्य तथा सदस्यहरुमा दिनेश अधिकारी र गुणबहादुर(सन्तोष) गौतम रहेका छन् । संस्थाको शेयरपूँजी ३ करोड ३० लाख ९४ हजार एक सय रुपैयाँ तथा १८ करोड ४० लाख ३० हजार ६२७ रुपैयाँ बचत रहेको जनाइएको छ ।

संस्थाले २० करोड ९१ लाख ९८ हजार ६२० रुपैयाँ ऋण लगानी गरी १५ लाख ३९ हजार ३९३ रुपैयाँ लगानीयोग्य नाफा गरेको छ भने संस्थाको जगेडाकोषमा ३२ लाख ७० हजार ९८२ रुपैयाँ रहेको जनाइएको छ ।



Leave a comment