चीना थापा, विराटनगर । सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको शेयर पुँजी २ करोड १५ लाख ८४ हजार १ सय रुपैया पुगेको छ ।
सहकारीको शुक्रबार सम्पन्न १३ औं बार्षिक साधारण सभाको अवसरमा सहकारीका अध्यक्ष ई.कमलेश्वर ठाकुरद्धारा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन अनुसार सहकारीको निक्षेप ७ करोड ३४ लाख ५२ हजार ८४६ रुपैया रहेको छ भने ऋण लगानी १० करोड ४८ लाख ३३ हजार ९५३ रुपैया रहेको छ ।
सहकारीको कोष हिसाव २ करोड १७ लाख ६४ हजार ७७१ रुपैया रहेको छ । सहकारीले १२ लाख ७० हजार ३११ खुदनाफा कमाएको छ । सहकारीले राष्ट्रिय सहकारी बैंक, नेफ्स्कुन (युवा परिषद्) तथा आर.एम.डि.सी. बाट गरी १ करोड २२ लाख २७ हजार ७३८ रुपैया बाह्य ऋण लिएर सहकारीका सदस्यहरुलाई लगानी गरेको छ ।
सहकारीमा १ हजार २१ जना शेयर सदस्य रहेका छन् । साधारण सभाको अवसरमा सहकारीले नियमित बचत गर्ने शेयर सदस्य विनोद कुमार पौदार, कुन्ती देवी चौधरी, कृष्णमोहन साह, पुनम श्रेष्ठ र राजेश कुमार साहलाई सम्मान गरेको छ भने असल ऋणी तर्फ राजकिशोर यादव, मनिषा कार्की, मनोज कुमार साह, दिपाली राजवंशीर अनिता कुमारी साहलाई सम्मान गरेको छ ।
त्यसैगरी सहकारीले उत्कृष्ट बाल बचतकर्ता नविना लुइटेललाई सम्मान गरिएको थियो भने कर्मचारी सम्मानको रुपमा बचत संकलनकर्ता प्रियंका कुमारी रौनियारलाई सम्मान गरेको थियो ।
त्यस्तै साधारण सभाको अवसरमा सहकारीले युवा उद्यमीहरुलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेहरुमा मुकेश कुमार साह, मनिषा देवी सिंह र जयकृष्ण मण्डल रहेका छन् । सहकारीका जेष्ठ सदस्य सन्तलाल राजवंशीर बैजनी देवी सरदारलाई जेष्ठ नागरिक सम्मान गरेको छ ।
सहकारीले युवाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले दुईवटा युवा समूह बबियाविर्ता च्याउ तथा तरकारी कृषक समूह रंगेली २ (बबियाविर्ता) र बबिया युवा कृषक समूह धनपालथान ५ (बबिया) का युवाहरुलाई ५÷५ लाख रुपैया निव्र्याजी पाँच बर्षको लागि युवा परिषद्बाट केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून) को माध्यमबाट उपलब्ध गराइृ व्यवसायिक च्याउन उत्पादन गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए ।
सहकारीले साधारणसभाबाट निर्णय गरेर सहुलियत दरमा वितरण गर्दै आएको मलखादको व्यवस्थापनका लागि गोमदामघरको निर्माण गर्ने जनाएको छ । त्यसैगरी यसै आर्थिक बर्ष देखि अध्ययन संस्थान संचालन गर्ने भएको छ । बालकक्षा अर्थात मन्टेश्वरी सञचालन गर्ने निर्णय गरिएको बताईएको छ ।
त्यस्तै सहकारीको १३ औं साधारण सभाले नेपाल सरकारले तोकेको गम्भिर प्रकृतिका रोग वा कुनै अप्रत्याशित दुर्घटनामा परी संस्थाका सदस्य वा कर्मचारीलाई उपचार खर्च वापत बढीमा २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ भने नियमित रुपमा ऋणको किस्ता बुझाएका र समयमै चुक्ता गर्ने सदस्यका लागि ब्याज रकममा १ प्रतिशत छुट दिने निर्णय गरेको छ।
त्यसैगरी सहकारीले १० बर्ष सदस्यता पूरा गरेको ६० बर्ष पुगेका शेयर सदस्यहरुलाई नियमित मासिक बचत गरेको बराबरको रकम सद्भाव पेन्सनका रुपमा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले बताए । सहकारीले पहिलो पटक यसै आर्थिक बर्ष देखि लागु हुनेगरी सहकारीका महिला शेयर सदस्यलाई प्रसूति खर्च वापत १५ सय र पुरुष शेयर सदस्यकी श्रीमती प्रसुति हुँदा ११ सय रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए । लेखा समितिले सहकारीलाई ६ बुँदे सुझाव दिएको छ ।
सहकारीमा सदस्य शिक्षाकोष स्थापना गरी सञ्चालक तथा कर्मचारीहरुलाई सहकारी व्यवस्थापन क्षमता अभिवृद्धि तालिम र शेयर सदस्यहरुलाई सहकारी सचेतना, वित्तिय साक्षरता सम्वन्धि तालिम प्रदान गर्नुपर्ने, सहकारी स्थापना भएदेखिका भविष्यमा प्रयोगमा नआउने अनावश्यक कागजातहरुलाई छनौट गरी सरोकारवाला निकायहरुको रोहवरमा नष्ट गर्नुपर्ने, सहकारीले थप लगानीका क्षेत्रहरु पहिचाहन गरी ऋण प्रवाह गर्नुपर्ने, नियमित बचत नगर्ने सदस्यहरुलाई टेलिफोन तथा पत्राचार गरी जानकारी गराउने र निश्चित समय सिमा राखि विनियम अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने, सहकारीद्धारा बेला बेलामा अवलोकन तथा भ्रमण कार्यक्रम नगरेकाले गर्नुपर्ने र निस्क्रिय सदस्य पहिचान गरी सक्रिय बनाउने वा विदा गर्नुपर्ने सुझाव दिईएको छ ।
बाहिरका सहकारीलाई जथाभावी सेवा केन्द्र खोल्न नदिने
रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले नगरपालिका भित्रमा कुनै पनि बाहिरी सहकारीलाई जथाभावी रुपमा सञ्चालन हुने नदिने बताएका छन् ।
सद्भाव साकोसको १३ औं बार्षिक साधारण सभाको अवसरमा बोल्दै मेयर बगडियाले नगरपालिका भित्रका सहकारीलाई प्रोत्साहन गर्ने भएकाले बाहिरबाट आएर त्यतिकै सहकारीहरु चलेका छन् भने नगरपालिकालाई जानकारी दिन आग्रह गरेका छन् । नगरपालिकाले स्वीकृति नदिई चलेका सहकारी आफूले हटाउने उनले बताए ।
सेवा केन्द्रको रुपमा सञ्चालन भएका बाहिरी सहकारीले अनिवार्य रुपमा नगरपालिकाबाट स्वीकृति लिनुपर्ने र नियम विपरित सहकारीको काम गर्नेहरुले अनिवार्य नगरपालिकामा दर्ता गर्नुपर्ने उनले बताए । अहिले रंगेली नगरपालिकाको कार्यक्षेत्र भित्र २४ वटा सहकारी रहेको उनले जानकारी दिए ।
नगरपालिकाले २४ वटै सहकारीलाई खादमल वितरणको कोटा पनि प्रदान गरेको र सबै कोटा सहकारीहरुलाई मात्र दिईएको बताउँदै उनले सहकारीका शेयर सदस्य मात्र नभई सम्पूर्ण कृषकहरुलाई एक रुपताका साथ खादमल वितरण गर्न सहकारीहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ का सूचना अधिकारी तोयानाथ तिमल्सिनाले सहकारीहरु भौतिक रुपमा नभई वित्तिय रुपमा अगाडि बढ्यो भने मात्र सफल हुन सक्ने बताए । सद्भाव साकोसले शेयर सदस्यको भावना अनुसार काम गरेको उनले बताए ।
उनले मन्त्रालयले सहकारीहरुलाई अनुदान दिदा सिधै संस्थालाई नदिई स्थानीय तहमार्फत दिने जानकारी दिए । आवश्यक कागजात बुझाएर अनुदान पाउन सफल सहकारीलाई मन्त्रायले स्थानीय तहको खातामा हाल्दिने र स्थानीय तहले पनि त्यसमा थप गरेर रकम दिन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
Leave a comment