काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न, पत्रकार श्रेष्ठ सम्मानीत

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न, पत्रकार श्रेष्ठ सम्मानीत :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोजकुमार थापा मगरको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।

सभामा अध्यक्ष थापाले आर्थिक वर्ष ०७८ / ०७९ मा संघको प्रगती तथा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले विषम् परिस्थितिमा पनि सहकारीका छाता संघहरुको भूमिका गौण रहेको बताए।

उनले भने ‘विषम् परिस्थितिमा पनि सदस्य संस्थाहरुलाई संघले केही सहयोग गरेन भन्ने लाग्न सक्छ त्यसैगरी संघहरुलाई महासंघले केहीगर्न सकेन भन्ने लाग्छ ।’ सहकारीमा विश्वासको संकट रहेको भन्दै, यस्तो समयमा सहकारी महा संघको भूमिका कमजोर हुनाले सहकारीले राज्यबाट सहयोग नपाएको बताए ।

सहकारी संघ संस्थालाई केन्द्रीय संघ, महासंघबाट उपलब्धिमूलक सहयोग प्राप्त नहुने भएकोले संस्था आफैले सदस्यको घरघरमा गएर सदस्यसंग छलफल गर्नुपर्ने बताए ।

उनले नेपालको सहकारी अभियान अत्यन्तै जाखिमपूर्ण तरिकाबाट अघि बढीरहेकोले सहकारीबाट सदस्य मात्र नभएर संचालकहरुमा पनि वितृष्णा बढेको बताए ।

अध्यक्ष थापा मगरले सहकारी क्षेत्रको वित्तिय कारोबार घटेको भन्दै संघको कारोबार पनि वृद्धि हुन नसकेको बताए । उनले संघले धेरै गतिविधि गर्ने सोच हुँदा हुँदै पनि गर्न नसकेकोले आगामी वर्षमा सहकारी अभियन्ता, सहकारी संचालक तथा कर्मचारीलाई सम्मान गर्ने योजना रहेको बताए ।

सभामा संघको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समिति सदस्य राम महर्जनले प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष तथा सहकारी खवर डटकमका सम्पादक काजी श्रेष्ठलाई सम्मान गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, जिल्ला सहकारी संघ काठमाडौका वरिष्ठ उपाध्यक्ष खेम सुवेदी तथा जडीवुटी केन्द्रीय सहकारी संघका अध्यक्ष इश्वरी पाण्डेले शुभकामना मन्तब्य राखेका थिए।

संघका उपाध्यक्ष लक्ष्मीप्रसाद संग्रौलाले स्वागत मन्तब्य तथा संघका निवर्तमान अध्यक्ष तुलसी प्रसाद सापकोटाले कार्यक्रम संचालन गरेको थिए ।



Leave a comment