हाम्रो चित्रवन साकोसको स्थापना दिवसको अवसरमा बिद्यालयलाई सहयोग

हाम्रो चित्रवन साकोसको स्थापना दिवसको अवसरमा बिद्यालयलाई सहयोग :: Sahakari Akhabar

चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा दीपज्योति सेवा केन्द्रद्धारा इच्छाकामना ७ सीमलढापमा रहेको रानीखोला माध्यमिक बिद्यालयलाई खेलकुद तथा स्टेशनरी सामाग्री बितरण गरेको छ ।

संस्थाको दीपज्योति सेवाकेन्द्र व्यवस्थापन उपसमिती संयोजक प्रकाश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी सस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्का रहेका थिए ।कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष राजकुमार राना तथा बिद्यालयका प्रधानाध्यापक अर्जुन मगरले सस्थाले गरेको यस सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता प्रकारको कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष तेजेन्द्र बहादुर खड्काले संस्थाको कार्यक्षेत्र भित्र रहेको बिद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा संस्थाको कारोबार यस क्षेत्रमा समेत बिस्तार गर्नको लागी सम्बद्ध सबैमा हातेमालो गर्न आग्रह गरे । कार्यक्रममा बिभिन्न टोलसुधार संस्था र आमा समुह र बिद्यार्थीका अभिभावक समेतको उपस्थिती रहेको सेवाकेन्द्र प्रमुख केशब लोहनीले जानकारी दिए ।



Leave a comment