साझा स्वास्थ्य सेवामा ‘साझा बचाउ’ अभियन्ताको उम्मेदवारी

साझा स्वास्थ्य सेवामा ‘साझा बचाउ’ अभियन्ताको उम्मेदवारी :: Sahakari Akhabar

काठमाडौं । साझा स्वास्थ्य सेवा सहकारीको १५औं बार्षिक साधारण सभा आज पुष (२९ गते ) शुक्रबार हुँदै छ । संस्थाले प्रकाशन गरेको सूचनामा सभाले नयाँ संचालक समिति समेत चयन गर्ने जनाइएको छ ।

सभा ललितपुरको च्यासलस्थित तुल्सी स्मृति हलमा बिहान हुने १० बजेदखि हुने जनाएको छ । साझा स्वास्थ्य सेवाको साधारण सभामा ‘साझा बचाउ’ अभियन्ताहरुले उम्मेदवारी दिएका छन् ।

सहकारी तथा स्वास्थ्य क्षेत्रका अनुभवी सहकारीकर्मीहरुले उम्मेदवारी दिएको संचालकका उम्मेदवार शम्भु घिमिरेले वताए । आर्थिक अनुशासन र पारदर्शिताका लागि हाम्रो उम्मेदवारी हो, उनले भने ।

त्यसैगरी उम्मेदवारी दिनेहरुमा हिमबहादुर क्षेत्री अध्यक्षमा र शम्भुप्रसाद घिमिरे, शिव भट्टराई, श्रीपा श्रेष्ठले संचालकमा त्यसैगरी लेखा सुपर्रिवेक्षण समितिको संयोजकमा ताराप्रसाद घिमिरे र रवि गोर्खाली तथा खिमाराम लम्सालले सदस्यमा उम्मेदवारी दिएका छन् ।

सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानको हाता भित्र संस्थाको औषधी बिक्रिकक्ष संचालनकालागि नेपाल सरकार र सम्वन्धित निकायसंग नितिगत निणर्य गर्न पहल गर्ने, संस्थाको केन्द्रीय भवन एवंम् ब्यवसायीक कम्प्लेक्स निर्माणका लागि पहल गर्ने, संस्थाको ब्यवसायलाई आधुनिकिकरण एवम् विस्तार गर्नेलगायतका १६ बुँदे प्रतिवद्धता उनिहरुको छ । ‘साझा बचाउ’ अभियन्तालाई मतदान गरी सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।


 



Leave a comment