सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्व र कर्णाली प्रदेश सभा सदस्य यामलाल कडेंलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा संस्थाले जनहितकारी कोपकार्ड (एटिएम) को शुभारभ्म गरेको छ । संस्थाका शेयर सदस्य विष्णु प्रसाद भुसाललाई एटिएम हस्तान्तरण गरी औपचारीक शुभारम्भ गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिहरनाथ योगीले आव २०७८ / ०७९ को बार्षिक प्रगति प्रतिवेदन तथा ०७९ / ८० का लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।
कोषाध्यक्ष नवराज कडेलले वित्तिय विवरण तथा प्रस्तावित वार्षिक बजेट विवरण, लेखा समिति संयोज रुद्र बहादुर खत्रीले सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी ऋण संयोजक बलिराम जैसीले ऋणको प्रगति प्रतिवेदन, शिक्षा उपसमिति संयोजक हरिहर वस्नेतले शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही, राष्ट्रिय सहकारी बैंकका कर्णाली प्रदेश संचालक सदस्य काली बहादुर महतरा, बहुउद्देश्यीय सहकारी संघका केन्द्रिय सदस्य चन्द्र प्रसाद थानीका सहभागीता रहेको थियो ।
त्यसैगरी जिल्ला समन्वय समिति सदस्य डिल्ली प्रसाद पाण्डे, पुर्व नगर प्रमुख देव कुमार सुवेदी, वीरेन्द्रनगर ४ का वडा अध्यक्ष शेयर बहादुर केसी, जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण बहादुर भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि जगत बहादुर बुढा, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख हिरालाल सुनार, नेफ्कुन सुर्खेतका फिल्ड सहायक चन्द्र देव जोशी लगाएतको उपस्थिति रहेको थियो ।
Leave a comment