दुधको मूल्य समायोजन गर्न सहकारीको माग, किसानले लाभ पाउनुपर्ने   

दुधको मूल्य समायोजन गर्न सहकारीको माग, किसानले लाभ पाउनुपर्ने    :: Sahakari Akhabar

काठमाडौं । दुग्ध उत्पादक किसानले लाभ पाउने गरी दुधको मूल्य बढाउन  केन्द्रीय दुग्ध सहकारी संघले माग गरेको छ । हालै सम्पन्न साधारण सभामा देशभरबाट जम्मा भएको किसानको मागका आधारमा निर्णय गरी संघले दुधको मूल्य बढाउन माग गरेको हो ।

संघले विज्ञप्ती जारी गर्दै पशुलाई खुवाउने पराल, दाना चोकर, औषधिलगायतको मूल्य अत्याधिक बृद्धि भएको, कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुगेको,  कृषकहरुले उद्योगबाट समयमा भुत्तानी नपाउदा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आउनको मूख्य कारण मूल्य बृद्धि नहुनु भएको निश्कर्ष निकाल्दै संघले मूल्य समायोजन गर्नु जोड दिएको छ ।

यसैगरी हालै डेरी उद्योगीहरुले एकलौटी ढंगले उद्योग हितमात्र हेरेर मूल्य बृद्धि आफ्नै मनोमानी ढंगबाट किसानको लागत मूल्य समेतको सम्बोधन नगरि निर्धारण गरेकोमा संघको ध्यानाकर्षण भएको जनाएको छ ।सरोकारवाला निकाय केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएसनको समेत सम्वन्वयनमा सामुहिक निर्णय गरि दूधको मूल्य बृद्धिलाई किसानमूखी बनाउन सरकारसँग माग गरेको छ । 

नेपालमा रहेका १ हजार ८७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन गर्दै औपचारीक क्षेत्रमा करीव दैनिक १० लाख लिटर दूध संकलन गरि ६ करोडको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्याउँदै आएको संघले जनाएको छ ।

 
 



Leave a comment