अनुत्पादक क्षेत्रको लगानीले सहकारीमा समस्या : रजिष्ट्रार रेग्मी 

अनुत्पादक क्षेत्रको लगानीले सहकारीमा समस्या : रजिष्ट्रार रेग्मी  :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रको लगानीले सहकारीमा तरलता अभावको समस्या देखिएको बताएका छन् । ‘सहकारीको अधिक लगानी घरजग्गा र गाडीघोडामा भयो’ नेपाल सहकारी पत्रकार समाजको वार्षिक साधासणसभामा बोल्दै उनले भने, ‘यी लगानीले प्रतिफल नदिने भएकाले तरलताको समस्या भयो ।’ यसैगरी भु उपयोग नियमावलीको प्रावधान अनुसार जग्गा वर्गिकरण र कित्ताकाटको विषयले पनि जग्गाको कारोबार नहुँदा समस्या भएको रजिष्ट्रार पण्डितको भनाइ थियो ।

तरलता अभावको समस्या समाधानका लागि सहकारी अभियानले समयमै सहि कदम चाल्न नसकेको पनि रजिष्ट्रार पण्डितले बताए । यस्तै ५ प्रतिशत मात्र बचत फिर्ता गर्ने विषयले पनि सर्वसाधारणमा नकारात्मक सन्देश प्रभाव भएको र यसले थप समस्या सिर्जना गरेको उनको विश्लेषण थियो । उनले फागुनमा सहकारी क्षेत्रका नयाँ तथ्यांक सार्वजनिक गर्ने बताए । अहिले संस्थाहरुले साधारणसभा गरी पुससम्मको तथ्यांक कोमोसिमा अद्यावधि गरिएको र त्यसका आधारमा फागुनसम्ममा तथ्यांक प्रकाशित गर्ने उनको भनाइ थियो । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अहिले संवेदनशिल समय रहेको भन्दै विश्वास जगाउने सकारात्मक सन्देश प्रवाह हुने समाचार प्रभाव गर्न आग्रह गरे । 



Leave a comment