हाइलाइट

महाकाली बचतको दोश्रो बार्षिक साधारण सभा सम्पन्न

महाकाली बचतको दोश्रो बार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । महाकाली बचत तथा ऋण सहकारी संस्थाको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काठमाण्डौका अध्यक्ष एवं बागमती प्रदेश सभाका सांसद ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यता एवं कागेश्वरी मनहरा नगरपालिकाका पूर्व मेयर कृष्णहरि थापाको विशेष आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

कागेश्वरी मनहरा नगरपालिकामा २०७७ सालमा स्थापना भएको उक्त संस्थाले छोटो समयमा वित्तीय सूचांकमा उल्लेख्य सफलता हासिल गर्न सकेको संस्थाका अध्यक्ष बालकुमार बाँस्तोलाले बताए । उनले समृद्ध जीवनका लागि सहकारी भन्ने मूल लक्ष्य लिएर स्थापना भएको संस्थाले संस्थागत सुशासन, आर्थिक पारदर्शिता र समृद्र्धिलाइ मूलमन्त्र मानेको उलेख्य गरे ।

संस्थामा स्थानीय समुदायका प्रतिष्ठित बैंकर, प्रध्यापक, चिकित्सक, इञ्जिनियर, राष्ट्रसेवक कर्मचारी हरूको सहभागिता रहेको भन्दै अध्यक्ष बाँस्तोलाले सदस्यहरूकै विश्वासका कारण आर्थिक मन्दी र असहज वित्तीय परिस्थितिमा पनि संस्थाले वित्तीय सूचांकहरूमा छलाङ मार्न सकेको जनाए । 

 सदस्यलाइ दिने प्रतिफल र बचत गर्ने सदस्यलाइ दिने ब्याजको अन्तरबाट नाफामात्र कमाउने उदेश्य संस्थाले नराखेको भन्दै उनले न्यून स्प्रेडदरमा सदस्यहरूलाइ वित्तीय सेवा उपलब्ध गराउँदै आएको सभामा बताए । सहकारीलाइ नाफा कमाउने भन्दा पनि एउटा साझा मञ्च बनाउने अभिप्राय रहेको जनाउँदै उनले समुदायका सबै वर्गलाइ समेटेर अगाडि बढ्ने उल्लेख गरे ।

उपयुक्त संस्थाको खोजी गरी एकापसमा मर्ज गराइ सदस्यलाइ अझै प्रभावकारी र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न समेत आफुहरू तयार रहेको उनको भनाइ छ । ३५ जना सदस्यबाट १–१ लाख पुँजी संकलन गरी स्थापना भएको संस्थामा २०७९ असार मसान्त सम्म १९३ जना सदस्यबाट ३ करोड ९६ लाख ६५ हजार शेयरपुँजी, ६ करोड ११ लाख ३१ हजार बचत संकलन र ७ करोड १२ लाख ९८ ऋण लगानी गरी ७ लाख ७२ हजार खुद मुनाफा आर्जन गर्न सकेको उनले सभामा जानकारी दिए ।

२०७७ कार्तिक २० गते सो नगरपालिकाभित्र बचत तथा ऋणको कारोबार गर्नका लागि दर्ता भएको उक्त संस्थाले २०७८ सालको फागुन महिनादेखिमात्र पूर्णकालिन सेवा सञ्चालन शुरू गरेको र त्यस पछिको छोटो अविध नै संस्थाले मुनाफा आर्जन गर्न सक्नु सबल पक्ष भएको उनको भनाइ छ ।

सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संयोजक लाल बहादुर बस्नेतले सहकारी विभागले कुल ऋणको ५१ प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेकाले सोही अनुरूप लगानी गर्न र बिना धितोको ऋण लगानीलाइ पूर्ण रूपमा बन्द गर्न सुझाव दिएका थिए । सभामा उल्लेख्य सदस्यहरूको सहभागिता रहेको थियो ।



Leave a comment