हाइलाइट

प्रतिभा बहुमुखी सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न

प्रतिभा बहुमुखी सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

कञ्चनपुर । नगरपालिका वडानम्बर ६ मा रहेको प्रतिभा बहुमुखी सहकारी संस्थाले आइतबार २५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद वीर बहादुर थापा (पातल) को प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो भने संस्थाका अध्यक्ष विश्वनाथ विष्ट कार्यक्रमका सभापति हुनुभएको थियो । कार्यक्रममा उद्योगबाणिज्य संघका प्रतिनिधि देखि पुर्व नगरप्रमुख जिवनराज थापा सम्मको उपस्थिति रहेको थियो ।

संस्थामा २२९ जना शेयर सदस्य छन । वडा नम्बर ६ को वडा कार्यालय भवनमा सम्पन्न कार्यक्रममा ५ करोड ११ लाख ३१ हजारको आय तथा १ करोड २० लाख ४० हजारको व्यय विवरण प्रस्तुत गरिएको थियो ।कार्यक्रममा सांसद थापाले सहकारीले आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । उनले सहकारीका माध्यमबाट स्थानीय तहलाई समृद्ध बनाउन निकै ठुलो भुमिका खेल्ने बताउदै संस्थाको सफलताको शुभकामना व्यक्त गरे ।
 



Leave a comment