बागलुङ। बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आठौ वार्षिक साधारणसभाबाट दुर्गाबहादुर कुँवर पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
संघको उपाध्यक्षमा शिवकला थापा, सचिव चुडामडी आचार्य, सहसचिव हिरामणी उपाध्याय र कोषाध्यक्षमा रेशम थापा चयन भएका छन् ।
त्यसैगरी सञ्चालक समितिको सदस्यहरुमा देव बहादुर खड्का, सुरेश प्रसाद श्रेष्ठ, छुम बहादुर थापा, फुल प्रसाद सापकोटा, कुल बहादुर कार्की र अमृता थापा चयन भएका छन् ।
साधारसभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा हुम बहादुर थापा तथा सदस्यहरुमा पूर्ण प्रकाश शर्मा र खगी श्रीस चयन गरेको छ ।
साधारणसभाको उद्घाटन निवर्तमान संघीय सांसद एवम् नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मन कुमारी केसी जिसीले गरेकी थिइन् ।
संघका अध्यक्ष दुर्गाबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, संविधानसभाका सदस्य तथा जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित संघका उपाध्यक्ष कुसुम बुढालाई सम्मान गरिएको थियो । साधारण सभामा संघका सहसचिव चुडामणी आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिवकला थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हुम बहादुर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए ।
Leave a comment