रुपन्देही । तिलोत्तमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले ५० जनालाइ छात्रवृति प्रदान गरेको हो । उक्त अवसरमा संस्थाका दशवटा सेवाकेन्द्रमार्फत ५/५ जना गरि ५० जना गरिब तथा जेहन्दार विद्यार्थीलाई ५/५ हजार छात्रवृत्ती प्रदान गरेको छ ।
त्यसैगरी संस्थाले दशवटै सेवाकेन्द्रमार्फत ३/३ जना गरि ३० जना बाख्रा पालक सदस्यलाइ १०/१० हजार २ वर्षकालागि निर्ब्याजी ऋण सहयोग गरेको छ । संस्थाले ७० वर्ष कटेका ४८२ जना शेयर सदस्यहरुलाई एक किलो मह, सल र जनउत्थान कपबाट जेष्ठ शेयर सदस्य सम्मान गरेको हो ।
संस्थामा ३८ हजार ५९२ शेयर सदस्य र ३ अर्ब ११ करोडको कुल पुँजी रहेको जनाइएको छ । संस्थाको जगेडा कोषमा २४ करोड रकम पुगेको छ । संस्थाले १० वटा सेवाकेन्द्रमार्फत आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रणबहादुर थापाले जनाए ।
Leave a comment