जनउत्थान बचतको स्थापना दिवसमा विविध कार्यक्रम

जनउत्थान बचतको स्थापना दिवसमा विविध कार्यक्रम :: Sahakari Akhabar

रुपन्देही । तिलोत्तमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले १३१ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । त्यसैगरी सस्थले ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्थापना दिवसकै अवसरमा संस्थाले ३ जना बाख्रापालक किसान सदस्यहरुलाई निब्र्याजी ऋण प्रदान गरेको हो ।

संस्थामा २८ हजार ५९२ शेयर सदस्य र ३ अर्ब ११ करोडको कुल पुँजी रहेको जनाइएको छ । संस्थाको जगेडा कोषमा २४ करोड रकम पुगेको छ । संस्थाले १० वटा सेवाकेन्द्रमार्फत आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारी मुल्य मान्यता र सिद्धान्तमा आधारित भएर संस्था अगाडि बढेको बताउँदै सदस्यहरूको उत्थानमा आफूहरू निरन्तर लागिपरेको बताइन । 
 



Leave a comment