सहकारी हेर्ने कर्मचारीलाई अनुगमन सम्बन्धि ९ दिने तालिम

सहकारी हेर्ने कर्मचारीलाई अनुगमन सम्बन्धि ९ दिने तालिम :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश अन्तर्गतका स्थानीय तहमा सहकारी हेर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहको सहकारी शाखामा कार्यरत कर्मचारीहरूमा सहकारी व्यवस्थापन तथा सहकारी अनुगमन सम्बन्धि ९ दिने तालिम दिएको हो ।

मन्त्रालयले केहि समय अघि सहकारी संघसंस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड जारी गरेसँगै स्थानीय तहका सहकारी शाखाका कर्मचारीहरूलाइ सक्षम बनाइ सहकारीहरूको नियमन अनुगमनका साथै सबलिकरणमा सघाउ र्पुयाउन तालिम आयोजना गरेको मन्त्रालयका सचिव बलराम निरौलाले बताए ।

बागमती प्रदेशमा पहिलोपटक यस प्रकारको तालिम आयोजना गरिएको सचिव निरौलाले बताए । उनले ९ दिवसीय तालिममा पहिलो ३ दिन सहकारीका आधारभूत ज्ञान, ३ दिन पल्र्स लगायतका सूचक र बाँकी ३ दिन फिल्ड भिजिट र प्रयोगात्मक सिकाइ प्रदान गरिएको जनाइएको छ ।

सहभागी कर्मचारीहरूमा सहकारीबारे सामान्य ज्ञान मात्र रहेकोमा सिकाइले सहभागीहरूमा आत्मविश्वास बढाउनुका साथै कार्यक्षेत्रमा गएर परिणाम दिनसक्ने गरी प्रशिक्षित भएको उनको भनाइ छ । पहिलो चरणको तालिम कार्यक्रममा १३ जिल्लाबाट २८ जना कर्मचारी सहभागी भएको र क्रमशः ४ चरणमा गरेर प्रदेशभरका सबै स्थानीतहका जनशक्तिलाइ तालिम प्रदान गरिने सचिव निरौलाले जानकारी दिए ।



Leave a comment