जिल्ला बचत संघ मोरङको अध्यक्षमा कोईराला

जिल्ला बचत संघ मोरङको अध्यक्षमा कोईराला :: Sahakari Akhabar

विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको अध्यक्षमा प्रेमप्रकाश कोईराला निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा एकराज निरौला, महिला उपाध्यक्षमा सीतादेवी अधिकारी लामिछाने, सचिवमा जीवन बस्नेत र सहसचिवमा युवराज दाहाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

संघको पुस २ गते सम्पन्न २९ औं बार्षिक साधारणसभामा कोषाअध्यक्ष, खुल्ला सदस्य र महिला सदस्यमा निर्वाचन भएको थियो । कोषाध्यक्षमा उमेश गुरुङलाई पराजित गर्दै ढकबहादुर थापा (डि.बी) निर्वाचित भएका छन्। त्यसैगरी महिला सदस्यमा कृष्णमाया विष्ट, इन्दिरा भट्टराई, सावित्रा चापागाई, मीना कार्की र बालकुमारी लिम्बु निर्वाचित भएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा उमेश वस्ति,गणेश प्रसाद निरौला, गोपाल बारकोटी, सागर सुवेदी, गोपाल कुमार घिमिरे र हरिप्रसाद कोईराला निर्वाचित भएका छन् । संघको लेखा समिति पनि निर्विरोध निर्वाचित भएको छ ।

लेखा समितिको संयोजकमा बीना राई निर्वाचित भएकी छिन् भने सदस्यहरुमा खेमराज गौतम  र हेमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वको कार्यकाल चार बर्ष रहनेछ।



Leave a comment