काठमाडौं । सहकारी पत्रकार काजी श्रेष्ठ ‘उत्कृष्ट सहकारी सञ्चारकर्मी पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले दोस्रो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठलाई पुरस्कृत गरेको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले श्रेष्ठलाई नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
सहकारी खबर डट कमका सम्पादक तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष श्रेष्ठ लामो समयदेखि आर्थिक तथा सहकारी पत्रकारितामा क्रियाशिल छन् । नेपालको सहकारी क्षेत्रमा सकारात्मक घटनाक्रमलाई समाचार, सूचना, श्रव्यदृश्यमार्फत आम जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारीमा भएका विकृती विसंगतीहरुबाट सहकारी क्षेत्रलाई सुसूचित गर्न सहकारी पत्रकारितामार्फत खेलेको भूमिकाको कदर गर्दै पुरस्कृत गरिएको सम्मान पत्रमा उल्लेख छ ।
Leave a comment