सामूहिक साकोसको रजतवर्षको अवसरमा १३७ जना सम्मानीत

सामूहिक साकोसको रजतवर्षको अवसरमा १३७ जना सम्मानीत :: Sahakari Akhabar

भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले रजत वर्षको अवसर पारेर १३७ जनालाइ सम्मान गरेको छ । संस्थाले आज पुष २ गते रजत वर्ष स्मारिका विमोचन समेत गरेको छ । त्यसैगरी संस्थाले  ज्येष्ठ सदस्य, संस्थापक सदस्य, सदस्य तथा सदस्यका एस.इ.इ. र  दश जोड दुई उतिर्ण छोराछारीहरुलाई सम्मान कार्यक्रम गरेको छ।

कार्यक्रममा ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ र ११ जना दश जोड दुई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ। संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र बागमतीप्रदेश, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । प्रमुख अतिथि गोसाइँले सहकारीले वित्तीय कार्यमा मात्र सिमित नभइ श्रम, संस्कृति र सहकार्यलाई पनि संगसंगै लिएर भुइसतहका जनताहरुको आर्थिक उत्थानको लागिकार्य गर्नु पर्ने बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं रजत वर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्ष -२०७९ को संक्षिप्त जानकारी सहित उपस्थित सबैलाई स्वागत गरेका थिए । सस्थाका सचिव कृष्णहरि सैंजुले संचालन गरेको कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक कृष्णश्वरी प्रजापति, संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा १५६ जना भन्दा बढिको सहभागीता रहेको थियो ।



Leave a comment