विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. को ११ करोड भन्दा बढी निक्षेप रहेको छ । सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीको ११ करोड १ लाख ५३ हजार ९६७ रुपैयाँ रहको छ ।
२०६५ मंसिर १८ गते स्थापना भएको सहकारीको आर्थिक वर्षको असार मसान्तसम्म सहकारीमा ८५५ जना सेयर सदस्य रहेका छन् । जसमा ४५७ महिला र ३९८ पुरुष रहेका छन् । सहकारीका लेखा समिति संयोजक अविनाश कुमार निधिले प्रस्तुत गरेको लेखा प्रतिवेदन अनुसार आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ५५ लाख ५८ हजार ८ सय रुपैयाँ शेयर पुजी रहेको छ ।
यस्तै नगद तथा बैंक मौज्जाद २ करोड २ लाख ६१ हजार १६० रुपैयाँ, ऋण लगानी १२ करोड २६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको जगेडा कोेष तथा अन्य कोष २ करोड ३८ लाख ५० हजार ३४२ रहेको लेखा समितिका संयोजक निधिले जानकारी गराए ।
कार्यक्रममको प्रमुख अतिथि मोरङ क्षेत्र नं. ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भीम पराजुलीले छरिएर रहेको पूजीलाई एकीकृत गरी राष्ट्रिय निर्माणमा सहकारीको भूमिका ठुलो रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रभू पोखरेलले केही सहकारीको कारणले सहकारी क्षेत्रको बदनामी भएकाले सदस्यहरुको मन जित्नेगरी काम गरिनुपर्ने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनाल, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, नागरिक उड्यन प्राधिकरण पुर्व महानिर्देशक राजकुमार क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment