हाइलाइट

मनमुरी कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न, जेष्ठ नागरिक सम्मानीत

मनमुरी कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न, जेष्ठ नागरिक सम्मानीत :: Sahakari Akhabar

काठमाडौं । मनमुरी कृषि सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  संस्थाले गत शनिबार संस्थाको कार्यालय गोठाटारमा सभा सम्पन्न गरेको हो । संस्थाकी अध्यक्ष जयकला बस्नेतको सभापतित्व तथा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख रामेश्वर कार्कीको प्रमुख आतित्थ्यतामा सभा सम्पन्न भएको हो।

साधारण सभाको अजसरमा संस्थाले जेष्ठ नागरिक तथा मेहेनती कृषकालाई सम्मान गरेको छ । सभामा अध्यक्ष बस्नेतले संस्थाको आर्थिक वर्ष ०७८÷०७९ को प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले संस्थामा १ करोड ३४ लाख ९३ हजार ७ सय रुपैयाँ शेयर पुँजी तथा ५ लाख ६९ हजार १५३ रुपैयाँ कोष हिसाव रहेको जनाइन् ।

अध्यक्ष बस्नेतले संस्थाका सदस्यको उत्पादन बजारीकरण गर्नको लागि संस्था र संस्थाको नेतृत्व दिलोज्यान दिएर लागीपरेको बताइन । संस्थाले कृषि उत्पादन खेरजान नदिन ४ रोपनी ६ आना जग्गा भाडामा लिएर २९ वटा सटर सहितको मनमुरी कृषि बजार  र मनमुरी कृषि मार्ट सञ्चालन गरेको जनाइन् ।

संस्थाको भवन निर्माणमा १ करोड पूँजी लगानी गरेको र संस्थाले ७७ वटै जिल्लाबाट कृषि उत्पादन संकलन गरी कृषि मार्टमार्फत बिक्री गर्नेगरेको जनाइन् । अध्यक्ष बस्नेतले बजार व्यवस्थापन पूर्वाधार केन्द्रबाट २६ लाख ५५ हजार अनुदान लिएर त्यसबाट बजारको भवन बनाइएको जनाइन् । उनले कागेश्वरी नगरपालिकाबाट कृषि मिटमार्ट बनाउन २९ लाख ९४ हजार अनुदान दिएको जनाइन् ।

त्यसैगरी प्रदेश सरकारले ट्रयाक्टर, कुटानी पिसानी मिल, धान काट्ने मेसिन र  जिल्लाबाट थ्रेसर मेसिन ल्याएर कृषकलाई भाडामा उपलब्ध गराउने गरिएको उनले बताइन् । सभामा संस्थाका संचालक समितिका पदाधिकारी लगायत कर्मचारी र सदस्यहरुको सहभागीता रहेको थियो । 
 



Leave a comment