नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्थाले स्कुल स्कुलमा विकू कार्यक्रम अन्तर्गत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
संस्थाकोे स्कुल स्कुलमा विकू कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आज शरदपुर माध्यमिक विद्यालय गौरीगञ्ज भरतपुरमा सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा ८, ९ र १० का २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका कर्मचारी साथै विद्यालयका अन्य शिक्षक शिक्षिकाहरु समेतकोे उपस्थिती रहेको थियो ।
शरदपुर माविका प्रधानाध्यापक भोलानाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका शरदगौरी सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक मनोहरी कंडेलले स्वागत मन्तव्य राखेका थिए । साथै कार्यक्रमको हर्कपुर क्षेत्रीय प्रमुख पूर्ण प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।
Leave a comment