हाइलाइट

जेष्ट बचत १५ औं वर्षमा प्रवेश

जेष्ट बचत १५ औं वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्था १५ औं वर्षमा प्रवेश गरेको छ । संस्था २०६५ साल मंसिर १७ गते स्थापना भएको थियो । स्थापनाको छोटो समयमा संस्थाले सामाखुसीमा संस्थाको आफ्नै भवन बनाउन सफल भएको संस्थाका सचिव मधुसुदन पाठकले वताएका छन् ।

उनले संस्था १५ औं बर्षमा प्रवेश गरिरहँदा अर्थतन्त्रमा ३ अर्ब बराबरको पूँजी परिचालन गर्न सफल भएको बताए । संस्थाले आर्थिक कारोबारका साथै सदस्यहरुलाई विविध सुविधा सहितको बचत तथा कर्जा योजना संचालन गरेको उनको भनाइ छ ।

सदस्यहरुलाई पाएक पर्नेगरि ६ वटा सेवा केन्द्र स्थापना, उत्कृष्ट र गुणस्तरीय सेवा प्रवाह, महिला उद्यमी तथा स्वरोजगार कार्यक्रम संचालन गरेको पाठकले बताए ।

सदस्यको सहयोग, सकारात्मक पृष्ठपोषण र धैर्यताका कारण छोटो यात्राको गतिमान प्रवाहमा अगाडि वढ्न सहयोग मिलेको पाठक बताउँछन् । ‘संस्था नीति, विधि र प्रविधिमा जोड दिदै दक्ष मानवीय स्रोतको विकास गर्न कर्मचारीहरूको व्यवसायिक दक्षता विकास गरी, संस्थाको बृद्धि र विकास लागि हामी निरन्तर लागि परिरहेकाछौं’ उनले भने ।

संस्थाकी अध्यक्ष इन्दिरा अधिकारीले संस्था स्थापना दिवसको अवसरमा प्रतिवद्धता ब्यक्त गर्दै भनेकी छन् ‘सदस्यहरुलाई “खुशीयुक्त र तनावमुक्त” बनाउनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सफलता पाएको र आगामी दिनमा पनि सदस्य र पुँजी वृद्धि, एकीकरणका प्रयासलाई अझ तीव्रता प्रदान गर्दै सदस्य हितका कार्यक्रमहरू तर्जुमा गर्दै अझ व्यवस्थित संस्थाको रूपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ 

बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्व अर्थतन्त्र नै तहसनहस भएको बर्तमान परिपेक्ष्यमा नेपाली अर्थतन्त्रको तेश्रो खम्वा सहकारी क्षेत्र पनि यसबाट प्रताडित भैरहेको यथार्थ सर्वविदितै छ । सहकारी क्षेत्रप्रति चौतर्फी आक्रमण भै अभिभावक बिहीन टुहुरो जस्तै बनिरहँदा पनि हाम्रा शेयर सदस्यले साथ दिएका छन् ।

प्रतिकुल परिस्थितिको कारण समयमानै सदस्यको भुक्तानि दिने कार्यमा केही ढिलासुस्ति भएपनि ऋणी सदस्यले समयमानै कर्जा फिर्ता गरि सहयोग गर्न सचिव पाठकले आग्रह गरेका छन् । उनले ऋणी सदस्यले शेयरधनि प्रतिको दायीत्व बोध गर्न र बचतकर्ताले अनर्गल हल्लाको पछी नलाग्न सचिव पाठकको आग्रह छ ।



Leave a comment