स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप–एम डबली मार्फत भुक्तानी गर्न सकिने :: Sahakari Akhabar

काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज ( एससिटी) द्वारा संचालित स्मार्ट क्युआरमा आवद्ध मर्चेन्टहरूलाई सहकारीहरुमा संचालिक मोवाईल बैंकिङ एप ‘एम डबली’ मार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । यसमा हाल १ सय ७० भन्दा धेरै सहकारीहरु आवद्ध छन् ।

भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रहेका थिए । अवदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।
 



Leave a comment