काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको एक हजार हातमा, खुत्रुकेको साथमा अभियानलाई निरन्तरता दिएको छ । संस्थाले उक्त अभियान अन्तगर्त आज मंगलबार एकजना सदस्यले खुत्रुके र एक हजार नगद पाएका छन् ।
संस्थाले सदस्यको घरमा नवजात शिशुको आगमनको अवसरमा यो अभियान सुरु गरेको हो । सदस्यको घरमा नवजात शिशुको जन्ममा एक हजार रुपैंया नगद खुत्रुकेमा राखेर दिने चलन चलाएको संस्थाकी ब्यवस्थापक राधा कडरिया पाठकले बताइन ।
यसै अभियान अन्तर्गत सदस्य सुन लक्ष्मी चन्धोको भर्खर जन्मिएको छोरालाई एक हजार रुपैंया र खुत्रुके प्रदान गरेको छ ।सहकारीले सदस्यको आर्थिक सामाजिक र सास्कृतिक पाटोमा पनि ध्यान दिएर यस्ता काम गर्नु पर्ने ब्यवस्थापक कडरिया बताउँछिन् ।
Leave a comment