काठमाडौं । थलीमा रहेको सिंहदेवी बहुउद्धेश्यीय सहकारी संस्थाको दोश्रो बार्षिक साधारण सभा मंसिर १७ गते शनिबार हुने भएको छ । संस्थाको कार्यालय कागेश्वरी मनोहरा ५ थलीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सदस्य भेला भई छलफल हुने जनाइएको छ ।
सभामा संचालक समितिले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/०७९को प्रगती प्रतिवेदन ०७९÷८०को नीति तथा कार्यक्रममाथि छलफल हुने छ । त्यसैगरी आर्थिक वर्ष ०७८/०७९ को लेखा समितिको प्रतिवेदन, लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्वन्धमापनि छलफल हुनेछ । सभामा कोष बाडफाँड तथा लाभांस बितरण, विनियम संसोधनलगायतको विषयमा छलफल गरिने जनाइएको छ ।
Leave a comment