झापा । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्य सहकारी संस्था ( एनएमसी) को वार्षिक साधारणसभा मंसिर १८ गतेदेखि हुने भएको छ । संस्थाको ३० औं बार्षिक सधारण सभा १८ गतेदेखि इकाइगत रुपमा हुने र पुस २ गते अन्तिम माइन्युट प्रमाणिकण भेला हुने भएको हो।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले संयुक्त रुपमा आर्थिक वर्ष २०७८÷ ०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक साधारणसभाको जानकारी गराएका हुन्।
कार्यक्रममा संस्थाका अध्यक्ष उप्रेतीले कोरोनाको कहर र मुलुकमा व्याप्त वित्तीय संकटका बाबजुद संस्था सहज रुपमा पनि अघि बढिरहेको बताए । “संस्था बहु व्यवसाय सञ्चालन गर्ने योजना अनुरुप अघि बढिरहेको छ”, उनले भने, “त्यसमा पनि कृषिलाई प्राथमिकता दिएर अघि बढेका छौं, कृषिमा आधारित व्यवसायाई प्राथमिकता दिएका छौं ।” अध्यक्ष उप्रेतीले १३ वटा सहकारीसँग एकीकरण गरिसकेको र तीन वटा एकीकरणको तयारीमा रहेको जानकारी दिए।
झापा, मोरङ र इलाम जिल्ला कार्य क्षेत्र रहेको संस्थाले ८० वटा इकाइबाट कृषि, वित्तीय, पसल लगायतका सेवा प्रदान गर्दै आएको छ । ती इकाइहरुमा १ हजार १२५ जनाले रोजगारी पाएको बताइएको छ। संस्थामा गत आव २०७८/ ०७९ सम्म १ लाख ३५ हजार जना शेयर सदस्य, शेयर पुँजी एक अर्ब ३५ करोड ५८ लाख ९५ हजार, निक्षेप मौज्दात, आठ अर्ब ६५ करोड ७६ लाख ८५ हजार, कोष हिसाब ८९ करोड ७२ लाख ३५ हजार र कर अघिको नाफा १३ करोड ६७ लाख २५ हजार रहेको जनाइएको छ।
संस्थाले वित्तीय कारोबारसँगै डेरी, चिया उद्योग, एकीकृत नमूना कृषि फर्म र सहकारी पसल सञ्चालन गर्दै आएको छ । संस्थाले मंसिर ११ गतेदेखि सहकारी पसल मार्फत आफ्ना सदस्यलाई पसलमा उपलब्ध सामग्री उधारोमा दिने योजना समेत ल्याएको छ।
Leave a comment