किसान साकोसको साधारण सभा मंसिर १२ गतेदेखि 

किसान साकोसको साधारण सभा मंसिर १२ गतेदेखि  :: Sahakari Akhabar

गैँडाकोट । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले मंसिर १२ गतेदेखि २४ गतेसम्म इकाइगत रुपमा बार्षिक साधारणसभा गर्ने  भएको छ । संस्थाको २७औं बार्षिक साधारण सभा तीनवटा एकाई मार्फत २५ वटा केन्द्र समावेश हुनेगरि सम्पन्न गर्न लागेको हो ।

मंसिर १२ गते गैँडाकोट एग्रोमार्ट परिसरमा हुने साधारणसभामा पहिलो एकाईका विजयनगर, हिमचुली, समृद्धि भरतपुर, सप्तरंगी, सौहार्द, सहज, सप्तगण्डकी र नारायणगढ सेवाकेन्द्र सहभागि हुने जनाइएको छ । मंसिर १४ गते थारु राष्टिय संग्रालय परिसर कावासोतीमा, एकाई नं २ का सेवाकेन्द्रहरुको साधारणसभा हुनेछ । जहाँ कावासोती, समृद्धि कुनाको, पञ्चवटी, अरुणखोला, दुम्कीबास, भविष्यनिर्माण,पिठौली र विष्णुनगर सेवाकेन्द्रहरु सहभागि हुने संस्थाका श्रीहरी अध्यक्ष चालिसेले बताए।

त्यसैगरी मंसिर १७ गते बरचुली माविको खेलमैदानमा हुने साधारणसभामा एकाई नं ३ का मुकुन्दपुर, हर्कपुर, अमरापुरी, जनमुखी, पञ्चदृष्टि र देवज्योती सेवाकेन्द्र सहभागि हुने कार्यक्रम रहेको छ । सभामा सदस्यहरुको गुनासो र सुझावलाई मध्यनजर गर्दै सवै सेवाकेन्द्रहरु र केन्द्रिय कार्यालयमा सुझाव पेटिका राखिने छ ।

एकाई भेलाबाट छनौट भएका ५७ जना प्रतिनिधिहरु, सञ्चालक समिति,सेवाकेन्द्र व्यवस्थापन समिति र कर्मचारी गरि करिव ६ सय जनाको सहभागितामा निर्णय पुस्तिका प्रमाणिकरण गर्ने जनाइएको छ । सभामा आर्थिक वर्ष ०७८/७९ को बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष ०७९ / ८० को प्रस्तावित बजेट तथा निति कार्यक्रम, लेखा परिक्षण प्रतिवेदनलगायतका प्रस्तावहरु निणयार्थ पेश गरिने र सदस्यहरुबाट प्राप्त सुझावलाई मंसिर २४ गते गैँडाकोट २ मा रहेको द नारायणी होटलमा साधारणसभाको समापन हुने अध्यक्ष चालिसेले जानकारी दिए।



Leave a comment