झापामा पनि सिएमसी गठन

झापामा पनि सिएमसी गठन :: Sahakari Akhabar

झापा । झापामा पनि सहकारी संस्थाहरुका व्यवस्थापकहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) गठन भएको छ । दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा आयोजना गरेको सहकारीका व्यवस्थापकहरुको तालिम पछि म्यानेजर्स क्लवको तदर्थ समिति गठन गरेको हो।

क्लवको संयोजकमा मेची बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, सचिवमा सतासी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठ रहेका छन् ।

निर्वाचन क्षेत्रगतरुपमा चयन गरिएको ११ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा अनिता गुरागाईं, मानस सिटौला, तुलसा कुवँर, लीलानाथ रेग्मी, विष्णुप्रसाद चुडाल, कृष्ण ढुंगाना, तिलकबहादुर कार्की, निलकण्ठ निरौला र हेमकुमारी दंगाल रहेका छन् ।

सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा कोअपरेटिभ म्यानेजर्स क्लबको गठन गरिएको जिल्ला सहकारी संघका कार्यवाहक अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।

कास्की, काभ्रेलगायतका जिल्लामा स्थापना भएका यस्ता क्लवले सहकारी अभियानका समसमायीक विषयमा सरोकारवालाहरुसंग बहस र पैरवी गर्दै आएको छ ।



Leave a comment