चीना थापा, विराटनगर । विराटनगरमा रहेको सुगम बचत तथा ऋण सहकारी संस्था र अन्य दुई सहकारी एकिकरण प्रक्रियामा सुरु भएको छ । विराटनगर १० मा रहेको एसियन बचत तथा ऋण सहकारी संस्था र विरानगर १२ मा रहेको नक्षेत्र बचत तथा ऋण सहकारी संस्था एकिकरणको प्रक्रियामा गएका हुन ।
सहकारी एकिकरणको लागि दुई संस्थाका पदाधिकारीसँग पटक पटक छलफल भएको रिजिष्टार कार्यालयले पनि एकिकरणको लागि सहमति दिएको सुगम सहकारीका अध्यक्ष गणेश प्रसाद निरौलाले जानकारी दिए। सहकारी एकिकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
नेपाल सरकारले पनि सहकारी संस्थाहरु बीचमा एकिकरण गर्ने गराउने निर्देशन दिईरहेको छ । सहकारी आवश्यकता भन्दा बढी र सबै बचत तथा ऋणमा नै सिमित भएकाले सरकारले सहकारीको पुँजी बढाएर उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिईरहेको छ ।
सहकारी मार्फत उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने भन्दै सहकारीहरुलाई एकिककरणमा जान प्रोत्साहन गरिरहेको छ । तर, सहकारीहरु एकिकरणमा गईरहेको अवस्था छैन । स्थानीय तहहरुले पनि एकिकरणको लागि प्रयास गरेपनि सफल हुन सकेका छैनन् ।
यसभन्दा अगाडि सुगम साकोस र बुढीगंगामा ७ मा रहेको कमलपुर बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण भएको थियो । सुगम साकोसको आफ्नै तीन तले भवन छ । सहकारीको शेयर पुँजी १ करोड २५ लाख ८८ हजार ४ सय रुपैया रहेको छ ।
सहकारीले आगामी बर्ष यसलाई बढाएर २ करोड बनाउने लक्ष्य लिएको छ । कोषमा १ करोड २५ लाख ८५ हजार २४ रुपैया ७० पैसा रहेको छ । अर्को बर्ष यसलाई बढाएर १ करोड ५० लाख पुर्याउने लक्ष्य सहकारीको छ । सहकारीको निक्षेप १४ करोड ९७ लाख ९९ हजार ६६४ रुपैया ३९ पैसा रहेको छ । सहकारीले आगामी बर्ष यसलाई बढाएर १६ करोड पुर्याउने लक्ष्य राखेको छ ।
सहकारीको जगेडा कोषमा १९ लाख ९२ हजार ६५२ रुपैया ७२ पैसा रहेको छ भने सहकारीले १५ करोड ७७ लाख ९८ हजार ७२९ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीको सम्पती २ करोड १२ लाख २२ हजार ६१४ रुपैया ९७ पैसा रहेको छ । सहकारीले २ करोड २८ लाख १७ हजार ९९० रुपैया ८६ पैसा आम्दानी गरेको छ भने सहकारीले २ करोड २२ लाख ७२ हजार ८४८ रुपैया ०७ पैसा खर्च गरेको छ ।
सहकारीको खुद बचत ५ लाख ४५ हजार १४२ रुपैया ७९ पैसा रहेको छ । सहकारीमा ६३० जना शेयर सदस्य रहेका छन् । दुई सहकारीसँग एकिकरण भए पश्चात सहकारीको पुँजी बृद्धि हुने र सदस्यहरु पनि बढ्ने सहकारीले जनाएको छ । सहकारीले दुई सहकारी एकिकरण पछि अन्य सहकारीलाई पनि एकिकरणको लागि आह्वान गर्ने जनाएको छ ।
एकै प्रकृतिको सहकारी भएका कारण काम एकै गर्ने र पुँजी ठूलो भएपछि उत्पादनको क्षेत्रमा लगानी गर्न सकिने भएकाले एकिकरणलाई जोड दिएको अध्यक्ष निरौलाले बताए । सहकारीले केहि दिन अगाडि सम्पन्न गरेको पन्ध्रौ बार्षिक साधारण सभा मार्फत एकिकरणको लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने निर्णय समेत गरिसकेको छ ।
Leave a comment