रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्थाले विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा सामुदायिक स्वास्थ्य इकाई ठुटी पिपलको प्राविधिक सहयोगमा विश्व मधुमेह दिवसको अवसरमा निशुल्क खुला मधुमेह स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको हो ।
संस्थाले नियमित रुपमा निशुल्क खुला स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष डीबी थापा, क्रिमसन अस्पतालका डा. रणधीर यादव, ओमसतिया गाउपालिका स्वास्थ्य प्रमुख दिपक ज्ञवालीको उपस्थिति रहेको थियो ।
त्यसैगरी सामुदायिक स्वास्थ्य इकाई प्रमुख केशव पराजुली, नेफ्स्कून कार्यक्रम अधिकृत मनोज खड्का, नेफ्स्कून फिल्ड कार्यालय बुटवल प्रमुख छत्र प्रसाद धमला तथा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रबन्धक आलोक सिवाकोटीको समेत सहभागीता रहेको थियो ।
संस्थाको युवा तथा सामाजिक उपसमितिले संयोजनमा गरिएको शिविरमा संचालक, सल्लाहकार, उपसमिति र कर्मचारी र सर्वसाधारण गरी १९८ जनाले निशुल्क सेवा लिएका थिए । संयोजक गिरिजा शाही ठकुरीले स्वागत तथा मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया