रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको समिक्षा कायक्रम सम्पन्न । संस्थालाई शुसासन र पारदर्शितामा अब्बल राख्ने प्रतिवद्धता सहित संस्थाले शुक्रबार सरोकारवालाहरु संग छलफल गरेको हो । । संस्थाले जिल्लाका सरोकारवाला, संचालक र शेयर सदस्यहरु बिच संस्थाले शुसासनको क्षेत्रमा गरेको गतिविधि संगै संस्थाको कोष र तिनको अवस्थाका बारेमा जानकारी गराइएको छ ।
संस्थाका व्यबस्थापक रमेश उदासले साकोसले मन्थली र रामेछाप नगरपालिका सहित खाँडादेवी र लिखु तामाकोसी गाउँपालिका समेत गरि कुल ३९ वटा वडाहरुलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको जानकारी दिए । उनले संस्थाको गत आर्थिक वर्षमा ८ हजार २ सय ३३ जना शेयर सदस्यहरुलाई संरक्षित पुँजी फिर्ता कोष मार्फत २४ लाख ८१ हजार ५सय ३७ रुपैया रकम बितरण गरेको जानकारी गराए ।
संस्थाले आर्थिक वर्ष ०७८/०७९ को नाफाबाट छुटिएको संरक्षित पुँजी फिर्ता कोष बापतको रकमबाट ३ जना नियमित र असल ऋणीका रुपमा छनौटमा परेका झगरु दास रहेका, अबोध झा र राकेश गुप्तालाई क्रमशः नगद ३० हजार ३७२ रुपैयाँ २६ हजार ७ सय ६० र २४ हजार २ सय ७३ रुपैयाँ बितरण गरेको छ ।
त्यसैगरी बाँकी रकम ८ हजार २ सय ३० जना शेयर सदस्यहरुको खातामा जम्मा गरिदिने संस्थाका सचिव सोमेश थापाले जानकारी गराए । संस्थाको कुल पुँजि ५८ करोड पुगेको छ भने शेयर पुँजि ४ करोड पुगेको पनि सचिब थापाले जानकारी बताए।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता तथा रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाले तय गरेको नीति अनुसार र कारोबारको आधारमा शेयर सदस्य हरुलाई रकम उपलब्ध गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले नबजागरण साकोसले गरेको काम जिल्लामै नमुना र उदाहरणिय काम भएको भन्दै यस बाट जिल्लाका अन्य सहकारीहरूलाई पनि पाठ सिक्न आग्रह गरे । उनले पछिल्लो समयमा सहकारीका नाममा शेयर सदस्को पुँजि विचल्लीमा पर्दे गएपछि सरकारले ल्याएको कानून र त्यसैको आधारमा संस्थाले बनाएको निती र विधि लाई अबल्म्वन गरेकोले नबजागरण सफल सहकारी भएको बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहालले नवजागरण सहकारी जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित हुँदै गएको बताए । सो अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र कानून ब्यवसायी झम्क कडेलले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment