हाइलाइट

लेटाङ साकोसद्धारा आँखा शिविरको आयोजना

लेटाङ साकोसद्धारा आँखा शिविरको आयोजना :: Sahakari Akhabar

विराटनगर । मोरङको लेटाङमा रहेको लेटाङ बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सदस्यहरूलाई लक्षित गरी एक दिने आँखा शिविरको आयोजना गरेको छ । बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार निःशुल्क आँखा शिविर संचालन गरेको हो ।

सिविरको उद्घाटन संस्थाका संस्थापक सदस्य टेक बहादुर खड्काले गरेका थिए । शिविरमा १४३ जनाले स्वास्थ्य परामर्श सेवा लिएको संस्थाले जनाएको छ ।  १८ जना बिरामीहरू भने आँखाको अपरेसनको गर्नुपर्ने भएकाले अस्पतालमा ल्याएर निशुल्क उपचार गरिने सहकारीले जानकारी दिएको छ । २० गते आईतबार बिराटनगर आँखा अस्पताल रानीमा निःशुल्क उपचार गरिने अस्पतालका चिकित्सक एलिसा चौधरीले जानकारी दिईन ।

शिविरमा अस्पतालका चिकित्सक आसिस गुप्ता सहतिको प्राविधिक टिमले जाँच तथा परार्मश सेवा प्रदान गरेको थियो ।  बिराटनगर आँखा अस्पताल रानीका सम्पूर्ण टिमलाई सहकारीले  धेरै धेरै धन्यवाद समेत  दिएको छ ।



Leave a comment