हाइलाइट

लर्ड बुद्ध सहकारीद्धारा पत्रकार राई सम्मानित

लर्ड बुद्ध सहकारीद्धारा पत्रकार राई सम्मानित :: Sahakari Akhabar

विराटनगर । मोरङलाई कार्यक्षेत्र बनाएर करिव दुई दशक अघिदेखि पत्रकारिता गर्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का अर्जुन जम्नेली राईलाई लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ।

पथरी शनिश्चरे २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औं बार्षिक साधारण सभाको अवसरमा राइलाई सम्मान गरेको हो । लर्ड बुद्ध सहकारीलाई स्थापित गराउनुको साथै संस्थाको सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसँगै यसको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सञ्चालकको रुपमा सम्मान गरेको हो ।

संस्थाको अध्यक्ष धनराज राईको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिका २ का वडा अध्यक्ष नैना राई, सचिव महेन्द्र ढुङ्गाना, ब्यबस्थापक गणेश बछना राई लगायतको उपस्थिति रहेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले आजै २८ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको थियो । लर्ड बुद्ध सहकारी संस्थाले ७० बर्ष नाघेका सदस्यहरुलाई बृद्ध भत्ता प्रदान गर्दै आएको छ ।



Leave a comment