धदिङ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । संस्था २५ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेस गरेको हो ।
साताब्यापी कार्यक्रमको पहिलो दिन कार्तिक १२ गते संस्थापक सदस्यहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको थियो । त्यसैगरी दोश्रो दिन सदस्य हेरचाह अन्तर्गतगत संस्थाको सदस्यको मृत्युमा आश्रित परिवारलाई ३५ हजारको बीमा रकम भुक्तानी गरेको छ ।
कार्यक्रमको तेश्रो दिन नीलकण्ठ नगरपालिका १२ स्थित पशुपती महादेव मन्दिर परिसरको सरसफाई गरेको थियो भने चौथो दिन नीलकण्ठ माध्यामिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई बाल बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सप्ताहव्यापी कार्यक्रमको पाँचौ दिन कार्तिक १६ गते रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्रविधिक सहयोगमा धादिङ अस्पताल परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ११६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको छैटौं दिन सदस्य शिक्षा तथा अन्तिम दिन कार्तिक १८ गते जेष्ठ नागरिक सदस्यहरुमाझ विस्तारित मञ्चको साथै सम्मान कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समित, सल्लाहकार तथा पूर्व अध्यक्षहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी संस्थापक सदस्यहरु, उपसमिति सदस्यहरु, सदस्यहरु, कर्मचारी तथा स्थानिय स्वयंसेवीहरुको समेत सहभागीता रहेको थियो।
Leave a comment