हाइलाइट

आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न 

आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न  :: Sahakari Akhabar

बिर्तामोड । आत्मनिर्भर महिला बचत तथा ऋण सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बरालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष प्रसाईले २०७९ असार मसान्तमा संस्थामा दुई करोड ८९ लाख ८४ हजार ८ सय रुपैयाँ निक्षेप संकलन गरी पाँच करोड ३२ लाख एक हजार ६सय रुपैयाँ कर्जा लगानी गरेको जनाइन।

गत आर्थिक वर्षको तुलनामा संस्थाको शेयर पुँजी १७ दशमलव ७४ प्रतिशत, निक्षेप दुई दशमलव ३७ प्रतिशत र कर्जा लगानी १५ दशमलव ६७ प्रतिशतले वृद्धि भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सदस्य संख्या १३ दशमलव ६५ प्रतिशत र खुद नाफा ५१ दशमलव ५४ प्रतिशतले वृद्धि भई ५८ लाख ३७ हजार ९ सय रुपैयाँ रहेको जनाइएको छ ।

२५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी संकलन गरी २०६८ साल असार २९ गते दर्ता गरिएको यस संस्थामा २०७९ असार मसान्तमा एक करोड १७ लाख ७९ हजार ७ सय रुपैयाँ शेयर पुँजी पुर्याएको जनाइएको छ ।

संस्थामा एक हजार ४१० जना शेयर सदस्य र २५५ जना बाल सदस्य गरी एक हजार ६६५ जना सदस्य रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सभामा असल बचतकर्ता पवित्रादेवी बजगाईं, असल ऋणि रमावती चौधरी, एकल महिला सदस्य गंगादेवी रेग्मी र ज्येष्ठ सदस्य नरमाया मगर रहेका छन् । यस्तै बालबचतकर्ता प्रविन शिवाकोटी र अनसुया मिश्र तथा उद्यमी महिला रोशिकला तामाङलाई सम्मान गरेको थियो ।



Leave a comment