को–अपरेटिभ म्यानेजर्स क्लव–कास्कीको अध्यक्षमा पुनः कोइराला

को–अपरेटिभ म्यानेजर्स क्लव–कास्कीको अध्यक्षमा पुनः कोइराला :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाका व्यवस्थापकहरुको संस्था को–अपरेटिभ म्यानेजर्स क्लब कास्कीको अध्यक्षमा पुनः अपिल कोइराला चयन भएका छन् । संस्थाको पाँचौं वार्षिक साधारणले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद पन्थी, सचिवमा मोहनप्रसाद अधिकारी, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी र सह–सचिवमा सन्तोष रानाभाट तथा सदस्यमा निरु थापा, प्रेमसागर अधिकारी, नितास गुरुङ, शंकरप्रसाद पौडेल, दीपक थापा र बेगनाथ पौडेल रहेका छन् ।

साधारणसभामा क्लबका संस्थापक अध्यक्ष मिलन ढकाल र पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उनीहरुले सहकारीको विकासका लागि नियामक निकाय र सहकारी अभियान मिलेर अगाडि बढ्नु पर्ने बताए ।  



Leave a comment