विराटनगर । मोरङको बेलबारी नगरपालिका वडा नं १ मा रहेको साना किसान कृषि सहकारी संस्था १७ औं बर्षमा प्रवेश गरेको छ । सहकारीले शुक्रबार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको सभामा अध्यक्ष सापकोटाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनका अनुसार सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूजीको ब्यबस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बन्न जोड दिने उल्लेख छ ।
सहकारीले ११ करोड ४४ लाख रुपैया ऋण लगानी गरेको छ । ऋण लगानीबाट एक बर्षको अवधिमा १ करोड ९६ लाख ३१ हजार ९ सय ८० ब्याज असुली गरेको सहकारीले जनाएको छ ।
सहकारीको शेयर पुँजी १ करोड २४ लाख ५० हजार रहेको छ । सहकारीमा १ हजार ६५ जना शेयर सदस्य रहेको प्रतिबेदनमा उल्लेख छ उल्लेख गरिएको छ । सहकारीको निक्षेप (बचत) ७ करोड ६० लाख ४१ हजार रुपैया रहेको छ । सहकारीको नाफा ४२ लाख ५५ हजार रुपैया रहेको जनाईएको छ ।
सहकारीको साधारण सभामा बोल्दै बेलबारी नगरपालिका नगर प्रमुख दिल प्रसाद राईले सहकारी संस्थाहरुले स्थानीय कृषि पेशामा आवद्ध कृषकहरुका लागि लगानी गर्नुपर्ने बताए । उनले कृषकहरुको जीवन स्तर उकास्न र कृषकहरुको समस्या समाधानमा साना किसान कृषि सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
राईले सहकारीहरु सहकारीको मर्म र भावना अनुसार चल्नुपर्ने तर्क गरे । पछिल्लो समयमा सहकारीहरुप्रति सबैको नकारात्मक धारणा पलाएको यसलाई चिर्नको लागि पनि सहकारीहरुले सहकारीको सिद्दान्तहरु काम गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट समुह , आफ्नै ठाउँमा कृषि पेशा अङ्गाल्दै आएका उत्कृष्ट किसान, जेहन्दार बिधार्थी तथा जेष्ठ सदस्यहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
उक्त अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि इलाका कार्यालय इटहरीका इलाका प्रबन्धक दिपक राज पाण्डे, नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य खगेन्द्र राज भण्डारी तथा मोरंग जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य लगायतले संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
Leave a comment