ललितपुर । जिल्ला कृषि सहकारी संघको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघकी अध्यक्ष ओमदेवी मल्लको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा कार्तिक ४ गते सभा सम्पन्न भएको हो । सभामा प्रमुख अतिथि कंडेलले अनियमित र पारिवारिक रुपले सहकारी संस्थाहरु चलाउनाले बित्तीय संकट आएको बताए ।
उनले सहकारीलाई सहकारी सिद्धान्त, मूल्य, मान्यता प्रचलित ऐन कानून अनुसार सुशासित सहकारी संस्थाको छवि बनाएर सञ्चालन हुन आग्रह गरे । संघकी अध्यक्ष मल्लले ललितपुरका कृषि सहकारी संघ÷संस्थाहरुको अवस्थाको जानकारी दिंदै कृषि सहकारीलाई पनि प्रविधिमैत्री बनाउँदै लगिएको बताइन् ।
साथै उनले सहकारी संघ÷संस्थाहरु दीगो र व्यवसायिक बनेर गुणात्मक विकासमा लाग्न जरुरी भएको बताउँदै सवल हुनका लागि सहकारी संघ / स्थाहरुले एकीकरणमा जोड दिनुपर्ने बताइन् । सभामा दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा, बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण मिघिरे शर्मा, राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामहरि बजगाँई लगायतका वक्तहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा जिल्ला कृषि सहकारी संघ ललितपुरलाई भवन निर्माणका लागि ५ आना जग्गा दान गर्नुहुने स्थानीय नारायणप्रसाद दाहाललाई महासंघका अध्यक्ष कंडेलले प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साधारणसभाले अध्यक्ष मल्लले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष चित्रराज तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बद्री प्रसाद घिमिरेले प्रविेदन प्रस्तुत गरेका थिए । संघका महिला उपाध्यक्ष इन्द्र कुमारी थापाले स्वागत तथा सचिव पुरुषोत्तम हुमागाँईले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment