हाइलाइट

संचित साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

संचित साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । संचित बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विशिष्ट अतिथि इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सभामा प्रमुख अतिथि लाखाजुले सदस्यहरुको भविष्य सुनिश्चितताका लागि बचत गर्न सिकाउने माध्यम सहकारी भएको बताए । उनले सहकारीका मूल्य मान्यता र सिद्धान्त सञ्चालकले नै नबुझ्दा सहकारीमा समस्या आएको बताए । अर्कोतर्फ सहकारी सदस्यद्वारा नियन्त्रित हुनुपर्ने भएपनि त्यस किसिमको वातावारण सहकारी क्षेत्रमा नबनेको उनले औंल्याए ।

सभामा संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खर्बुजाले संस्थाले नियामक निकायबाट दिएका सल्लाहसुझाव र निर्देशनहरुलाई पालना गर्दै आधुनिक प्रविधियुक्त र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न लागिपरेको बताए । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान, आँखा शिविर सञ्चालन गर्नुका साथै सदस्यहरुमा उद्यमशीलता विकास गर्न विभिन्न सीपमूलक तालिमको आयोजना गर्दै आएको समेत उनले जानकारी दिए ।

संस्थाका सचिव न्यूटनप्रसाद सुवालले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।  संस्थाकी कोषाध्यक्ष सरस्वती हाकुदवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा २ हजार ९१८ जना सदस्यहरु आवद्ध रहेको बताइन् ।

संस्थाले गत असार मसान्तसम्म २ करोड ६० लाख शेयरपुँजी, ४६ करोड ७१ लाख बचत संकलन र ५३ करोड ३६ लाख ऋण लगानी गरी ६७ करोड २३ लाख कुल सम्पत्ति पुर्याएको जानकारी दिइन् । सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 



Leave a comment