हाइलाइट

बजरंगबली सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न 

बजरंगबली सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

भक्तपुर । लोहकिल्थलीमा रहेको बजरंगबली बचत तथा ऋण सहकारीको ११ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष अष्टकुमार कवेले आर्थिक वर्ष ०७८ / ०७९ को संस्थाको प्रगती प्रतिवेदन तथा चालु बर्षको प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष कवेले संंस्थाको शेयर पूँजी २ करोड ८३ लाख ७४ हजार ९ सय रुपैयाँ तथा  २५ करोड ७९ लाख ५९ हजार ७७ रुपैयाँ निक्षेप संकलन भएको जानकारी दिए । त्यसैगरी संस्थाले २४ करोड ७८ लाख १५ हजार २७१ रुपैयाँ कर्जा लगानी गरि ९९ लाख ४७ हजार ५२७ रुपैयाँ संचालन मुनाफा गरेको जनाएका छन् ।

अध्यक्ष कवेले संस्थामा १ करोड ६९ लाख ४१ हजार ३६४ रुपैयाँ जगेडा कोषमा रहेको सभामा जानकारी दिए । राष्ट्रिय सहकारी महासंघका मिनराज कंडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा अतिथिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संस्थामा १ हजार ३ सय ५२ जना सदस्य रहेको जनाइएको छ । सभामा संस्थाका कोषाध्यक्ष न्युछेकृष्ण हेकाले आर्थिक वर्ष ०७८ / ०७९ को प्रगती प्रतिवेदन तथा लेखा समिति संयोजक राजकृष्ण मुस्यानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 



Leave a comment