हाइलाइट

छहारी साकोसको १२ औँ साधारण सभा सम्पन्न

छहारी साकोसको १२ औँ साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न सभामा संस्थाका अध्यक्ष कृष्णहरि खड्काले संस्थाको आर्थिक वर्ष ०७८ / ०७९ को प्रतिवेदन प्रस्ुतत गरेका थिए ।

उनले  ४ हजार ९ सय २५ सदस्य बाट २ करोड ९३ लाख २० हजार ३ सय रुपैयाँ शेयरपूँजी पुगेको जानकारी दिए । त्यसैगरी संस्थाले ३० करोड ३२ लाख ५७ हजार ५९२ रुपैयाँ निक्षेप संकलन तथा ३५ करोड १२ लाख ४५ हजार ८६७ रुपैयाँ ऋण लगानी रहेको सभामा जानकारी गराए ।

संस्थाले ७६ लाख १६ हजार ३ सय रुपैयाँ खुद नाफा गरेको जनाइएको छ । संस्थाले स्थापना गरेको स्वास्थ्य उपचारकोषबाट एक महिनाकालागि उपचार गर्न २५ हजारसम्म बिना ब्याज लगानी गरेको जनाए । त्यसैगरी सदस्यको उपचारकालागि ५ हजारसम्म राहत उपलब्ध गराएको, सुत्केरी सदस्यलाई दिइने भत्ता कार्यक्रमलाई निरन्तरता दिएको र सदस्यको मृत्युमा परिवारलाई ५ हजारसम्म राहत दिने गरेको जनाए ।

संस्थाले जेष्ठ नागरिकलाई सम्मान तथा एसइइमा उत्कृष्ट अंक ल्याउने सदस्यका छोरा छोरीलाई छात्रवृति प्रदान तथा सम्मान गर्ने गरेको जनाइएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा सहकारी अभियान्ता कैलाशभक्त प्रधानाङ्गलगायत अतिथिहरुले शुभकामना दिएका थिए ।

सभामा संस्थाका सचिव निरञ्जन राजथलाले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्षप्रविन शंखदेवले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



Leave a comment