हाइलाइट

बंगलामुखी सहकारीको पन्ध्रौँ साधारण सभा सम्पन्न

बंगलामुखी सहकारीको पन्ध्रौँ साधारण सभा सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । बालकोटमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारीको पन्ध्रौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको सभामा संस्थाका सचिव मोहनकृष्ण श्रेष्ठले आर्थिक वर्ष ०७८ / ०७९ मा संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष श्याम प्रधानले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा १४ करोड २१ लाख ६९ हजार ६ सय रुपैयाँ शेयर तथा १ अर्व ५ करोड ७१ लाख ५ हजार ९९ रुपैयाँ बचत संकलन भएको जनाइएको छ । त्यसैगरी संस्थाले १ अर्व २१ करोड ३ लाख ८४ हजार ६५७ रुपैयाँ ऋण लगानी गरेको उल्लेख गरिएको छ ।

कोषाध्यक्ष प्रधानले संस्थाको जगेडा तथा अन्य कोषमा ४ करोड ६ लाख ८९ हजार १३७ रुपैयाँ रहेको जानकारी गराए । संस्थाले यसै आर्थिक वर्षमा १ करोड ७१ लाख ५५ हजार ९५५ रुपैयाँ खुद बचत गरेको जनाए ।

उनले संस्थामा योगदान गर्ने सदस्यहरुको मृत्युमा परिवारलाई राहत तथा बिरामी भएका सदस्यलाई उपचार खर्च स्वरुप १० हजार प्रदान गर्दै आएको जानकारी गराए । संस्थाका भक्तपुरको शंखधर चोक र ललितपुरको ग्वार्कोमा सेवा केन्द्र रहेको जानकारी दिए ।



Leave a comment