भक्तपुर । सूर्यविनायक ५ मा रहेको जय सिद्धादेवि बहुउद्देश्यीय सहकारीको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निराजन केसीको सभापतित्वमा भएको सभामा संस्थाका सचिव ज्योति बुढाथोकीले संस्थाको प्रतिवेदन तथा कोषाध्यक्ष मिनबहादुर कार्कीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८ / ०७९ मा ४ करोढ ४५ लाख ७९ हजार ३८० रुपैयाँको वासलात पुगेकोे जानाइएको छ । संस्थाले २करोड ९१ हजार ८ सय रुपैयाँ शेयर तथा २ करोड ३९ लाख ९६ हजार ८४३ रुपैयाँ बचत संकलन भएको जनाइएको छ ।
त्यसैगरी संस्थाले ३ करोड ५७ लाख १९ हजार ८४ रुपैयाँ ऋण लगानी गरेको उल्लेख गरिएको छ । कोषाध्यक्ष कार्कीले संस्थाको जगेडा तथा अन्य कोषमा १ लाख ५० हजार २१४ रुपैयाँ रहेको जानकारी गराए । संस्थाले आर्थिक वर्ष ०७९ / ०८० मा २ करोड ५ लाख शेयर पूँजी ५ करोड बचत तथा ५ करोड ऋण लगानी गर्ने लक्ष्य लिएको जानकारी गराए ।
Leave a comment