हाइलाइट

शुक्रपथको साधारणसभामा एकीकरण तथा सदस्य सेवा केन्द्र स्थानियकरणको प्रस्ताव 

शुक्रपथको साधारणसभामा एकीकरण तथा सदस्य सेवा केन्द्र स्थानियकरणको प्रस्ताव  :: Sahakari Akhabar

काठमाडौं । ११ सहकारी संस्थाहरुबीच एक आपसमा एकीकरणका लागि सम्झौता गरेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणसहितका प्रस्ताव सहित १२ औं वार्षिक साधारणसभा आगामी शुक्रबारका लागि बोलाएको छ । काठमाडौं कालिमाटीस्थित कालिमाटी ब्यांकेटमा साधारणसभा हुने संस्थाले जनाएको छ । 

साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गर्नुका साथै आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने, लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण लाभांस तथा कोष बाडँफाड, विनियम संसोधन तथा रिक्त संचालकको पदपूर्तिलगायतका एजेण्डा तय गरेको छ । यस्तै साधारणसभामा संस्थाको नाममा रहेको जग्गा बिक्री, घरजग्गा खरिद गर्ने प्रस्ताव सभामा प्रस्तुत हुने संस्थाको सूचनामा उल्लेख छ ।

साधारणसभामा एकीकरण प्रस्तावका साथै संस्थाको सेवा केन्द्रहरु विभाजन गरी स्थानियकरण गर्ने प्रस्ताव समेत पेश हुनेछ । काठमाडौं न्यूरोडमा केन्द्रीय कार्यालय रहेको संस्थाको कालिमाटी, सामाखुशी, चावहिल, कोटेश्वर, लगनखेल, हात्तिगौडा, सूर्यबिनायकका साथै चितवन र नुवाकोटमा सदस्य सेवा केन्द्र संचालनमा छन् । 

भदौ १८ गते शनिबार मेगा ड्रिम बहुउद्देश्यीय, शुक्रपथ बहुउद्देश्यीय, हनुमानढोका (एचडी) बहुउद्देश्यीय, पिपुल श्रोता बहुउद्देश्यीय, दुर्गा माश्रिता बचत तथा ऋण, सर्बाेत्तम बहुउद्देश्यीय, सुर्यदेब बचत तथा ऋण उषाकिरण बचत तथा ऋण, योजना बहुउद्देश्यीय र माउन्ट अपी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणका लागि सम्झौता भएको थियो । 

सम्झौतामा सबै संस्थाहरुले एक महिनाभित्र साधारणसभा गरी तीन महिनाभित्र संयुक्त साधारणसभा गरी एकीकरण सम्पन्न गर्ने उल्लेख छ । सबै संस्थाको साधारणसभाले एकीकरण प्रस्ताव पारित गरेमा प्रक्रिया अघि बढ्नेछ । 

प्रारम्भिक सम्झौतामा भने एकीकरण पश्चात राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कारोबार गर्ने, अध्यक्षमा नरेन्द्र बिष्ट र प्रमुख कार्यकारी अधिकृतमा इन्द्र प्रसाद गेलाल रहने पनि सहमति भएको छ । 

एकीकरणपछि संस्थाको सदस्य ४१ हजार, ५१० जना कर्मचारी, ५५ करोड ५० लाख शेयर पुँजी, ५ अर्ब ६५ करोड बचत,  ६ अर्व २५ करोड ऋण लगानी, ३१ करोड ५० लाख कुल कोष हिसाब र कुल सम्पति तथा दायित्व ७ अर्ब ७५ करोड पुग्ने बताइएको छ । 


 



Leave a comment